Logo
१७ जेष्ठ २०८३, आईतवार
|  Sun May 31 2026

बँदेललाई थापेको विद्युतीय पासोमा परेर एकै घरका तीन जनाको मृत्यु, पासो थाप्ने पक्राउ


बँदेललाई धपाउन थापेको विद्युतीय पासोमा परी ठाकुरबाबा नगरपालिका-३ गोदाना गाउँमा एकै घरका तीनजनाको मृत्यु भएको छ। शुक्रबार राति खेतमा पानी हेर्न गएका बेला छिमेकीले बँदेल धपाउन धान खेतमा लगाएको विद्युतीय पासोबाट करेन्ट लाग्दा ३२ वर्षीय बालकृष्ण थारू, उनकी श्रीमती २९ वर्षीया सुनिता र बालकृष्णकी भाउजु ४३ वर्षीया बेलमतीको मृत्यु भएको प्रहरीले जनाएको छ।

खेतमा करेन्ट प्रवाह गरेको आरोपमा मृतक परिवारका छिमेकी ८२ वर्षीय राजबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरीक्षक कविराज रोकायले बताए।

धानबालीमा जंगली हात्ती, बँदेललगायतका वन्यजन्तुले क्षति पुर्‍याउन थालेकाले करेन्ट प्रवाह गर्दा करेन्ट लागेर यसअघि दुई वटा जंगली हात्ती र एक युवाको ज्यान गएको थियो।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार