Logo
५ भाद्र २०८३, शुक्रबार
|  Fri Aug 21 2026

एकीकृत समाजवादीले बुझायो समानुपातिकको बन्दसूची


नेकपा एकीकृत समाजवादीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची बुझाएको छ ।

निर्वाचन आयोगमा सोमबार अपरान्ह पुगेर एकीकृत समाजवादीका नेता गंगालाल तुलाधरले  पार्टीको तर्फबाट समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाएको हो ।

निर्वाचन आयोगले समानुपातिकको बन्दसूची बुझाउन आइतबार र सोमबार समय दिएको छ । सोमबार अन्तिम दिन भएकाले अन्य दलहरुले पनि बुझाउने तयारी गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार