Logo
४ भाद्र २०८३, बिहीबार
|  Thu Aug 20 2026

शेखर समुहको गतिविधिलाई नजिकबाट हेरिरहेका छौँः प्रवक्ता महत


नेपाली कांग्रेसका नेता तथा प्रवक्ता डा. प्रकाशशरण महतले डा. शेखर कोइराला समूहको गतिविधिलाई नजिकबाट हेरिरहेको बताएका छन् ।

मंगलबार पार्टी कार्यालय, सानेपामा आयोजित पत्रकार सम्मेलनमा डा. महतले समानुपातिक पद्धतिको बन्दसूची सहमतिबाटै तयार पारिएको दाबी गरे । उनले अहिले भइरहेको विरोध अनावश्यक र पार्टीको हितमा नरहेको जिकिर गरे ।

उनले भने, ‘पदाधिकारी, पूर्व पदाधिकारी, संसदीय बोर्डका सदस्यहरु समावेश भएर सहमतिबाट त्यो सूची पेश गरिएको छ । त्यहाँ कतिपय त्रुटिहरु छन् । तर एउटा पक्षलाई पक्षपोषण गरेर अर्कोलाई कमजोर गर्ने केही भएको छैन । यो विषयलाई उठाएर एकलौटी गरियो, छलफल भएन भन्नेमा सत्यता छैन ।’

शेखर समूहका नेताहरुले गरिरहेको विरोधतर्फ संकेत गर्दै उनले यो उपयुक्त नभएको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार