Logo
४ भाद्र २०८३, बिहीबार
|  Thu Aug 20 2026

विवेकशील साझाबाट निर्देश सिलवाल पनि बाहिरिए


विवेकशील साझा पार्टीबाट नेता निर्देश सिलवाल पनि बाहिरिएका छन् । मंगलबार पार्टी अध्यक्ष समीक्षा बास्कोटालाई राजीनामापत्र बुझाउँदै उनी पार्टीबाट बाहिरिएका हुन् ।

सिलवालले तत्कालै कुनै पनि दलमा आवद्ध नहुने बताएका छन् । तर, वैकल्पिक राजनीतिको मैदानमा भने आफू रहिरहने उनले जानकारी दिएका छन् ।

सोमबार मात्रै पार्टीबाट बाहिरिएको घोषणा गरेका पूर्व अध्यक्ष रवीन्द्र मिश्रतर्फ संकेत गर्दै उनले मिश्रलाई नेताहरु चढेको गाडी त्रिशुलीमा खसाल्ने अमर लामा भनी टिप्पणी गरेका छन् । सिलवालले बुझाएको राजीनामा पत्रको पूर्ण पाठ यस्तो रहेको छ :

आदरणीय अध्यक्ष तथा संयोजकज्यु,
विगत १ दशक देखि वैकल्पिक राजनीतिमा परोक्ष–अपरोक्ष भुमिका खेल्ने अवसर पाए र आफुले सकेको योगदान पनि गरे। २०७० पुसमा नेपाल आएपछी र आउनुपुर्व केही वर्ष सुभेच्छुक र साधारण सदस्यका रुपमा सेवा गरे। २०७४ मा प्रतिनिधि सभाको उम्मेदवार भए पस्चात पार्टीको महत्वपूर्ण जिम्मेवारीहरु लिएर अनवरत लागेको सर्वविदितै छ। विवेकशील नेपाली दल, विवेकशील–साझा पार्टी, विवेकशील नेपाली दल हुँदै विवेकशील साझा पार्टीको यात्राबाट आजकै मिति देखि विदा लिदैछु। दलको जन्जिरबाट मुक्त हुँदै खुला रुपमा केही वर्ष वैकल्पिक राजनीति कै सेवा गर्नेछु।
अध्यनसगै अभ्यास, अनुभव र देश बनाउन हिडेका युवा साथीहरूसगको संगतको हिसाबले यी अवधी अत्यन्तै अर्थपूर्ण रह्यो। भविस्यमा दलगत राजनीति गर्दा यी अनुभवहरुले पक्कै पनि सेतुको भुमिका खेल्नेछन्। यसक्रममा कति गर्न सकियो कति सकिएन त्यसको लेखाजोखा सहकर्मी साथीहरू र इतिहासलाई जिम्मा लगाउदै अझ उन्नत र सशक्त रुपमा आउन केही वर्ष दल विहिन हुने निर्णय गरेको छु।
वैकल्पिक राजनीतिको ’अमर लामा’ले सहकर्मी यात्रुसहित गाडीलाई तिर्शुलीमा हाल्न खोजेका थिए। तर आफू मात्रै हाम्फाल्नु पर्ने स्थितिमा पुगे। धन्न गाडी र यात्रीहरुलाई सामान्य चोटपटक लागेर घाइते मात्र भए। यहाँ त दुर्घटना भएर गन्तब्यमा नपुगेकोमा दुखी हुनु भन्दा ज्यान जोगिएकोमा खुशी मान्नुपर्ने अवस्था आयो।
उज्वल थापाको देहावसान भएपछी वैकल्पिक राजनीतिमा विभिन्न नाममा बिनातयारी हचुवाका भरमा ब्यक्तिगत महत्वाकांक्ष र अवसरमा आधारित केही प्रयासहरु देख्न सकिन्छ। यी कसैले पनि सहि अन्जाम दिन सक्दैन। कुनै अमुक ब्यक्ती वा दलले क्षणिक रुपमा केही सिट सम्म पाउला तर त्यसले अझ धेरै निराशा र समग्र वैकल्पिक राजनीतिलाई हेर्ने दृस्ठिकोणमा अझ धेरै नकारात्मकता दिनेछ।
मेरो निस्कर्श के हो भने वैकल्पिक राजनीतिको मैदान झन्झन् उर्वर हुँदै गएको छ। अबको केहि दशक भित्र यसले मुलधारलाई बढार्ने सामार्थ्य राख्दछ। तर वैकल्पिक राजनीति गर्छु भन्ने हामीहरुको दल बन्नुपुर्व र बनेपस्चात दुवै अवस्थामा गर्नुपर्ने अध्यन र तयारी पुगेको छैन। नेतृत्व गर्ने ब्यक्तीहरुमा विश्वसनीयताको कमि छ। कोहि ’माछा पर्ने लोभले भल–पानीमा जाल हान्न’ लागिपरेका छन् भने कोहि निस्वार्थी मनहरु यसप्रतिको माया÷लगावले छोड्न सकिरहेका छैनन्।
म दलगत आवद्धताबाट मुक्त हुन खोजेको हो। अन्य दलमा प्रवेश गर्न खोजेको होइन। विवेकशील साझा छोडेको हो तर वैकल्पिक राजनीतिको मैदान छोडेको होईन। म अझै गम्भीरतापुर्वक अध्यन र तयारीमा लाग्छु। केही वर्ष पश्चात् दलगत रुपमा रुपान्तरण गर्न हस्तक्षेप गर्न सक्ने गरि आउनेछु।
म दलमा रहदा साथ दिनुहुने सम्पुर्ण अग्रज तथा साथीहरूमा कृतज्ञ छु। पक्ष–विपक्षमा लाग्नुहुने कोहि प्रति पनी मेरो कुनै आग्रह–पुर्वाग्रह रहने छैन। साथै, मेरो निर्णय र कदमले कसैमा पर्न सक्ने अफ्ट्यारा प्रती यसै पत्र मार्फत माफी माग्दछु। विवेकशील अभियानहरु, विवेकशील साझा पार्टी र विभिन्न कालखण्डमा यसमा संलग्न सबैप्रती सधै सद्भाव र सुभेच्छा रहने प्रतिवद्द्ता जाहेर गर्दछु। विवेकशील साझा पार्टीलाई महाधिवेशन र आगामी यात्राको शुभकामना दिन चाहन्छु। देश, समाज र राजनीति प्रतिको निष्ठा घटेको छैन बरु बढेको छ। अलबिदा।
धन्यवाद सहित,
निर्देश सिलवाल


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार