राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका रवीन्द्र मिश्रले देशले संघीयता धान्न नसक्ने बताएका छन् ।
बुधबार पार्टी प्रवेश कार्यक्रममा बाल्दै मिश्रले हाम्रो जस्तो राजनीति भएको देशमा संघीयता नचाहिँने र आर्थिक हिसाबले पनि थेग्न नसक्ने बताएका हुन् ।
मिश्रले नेपाली कांग्रेसका नेताहरुलाई प्रश्न गर्दै भने, ‘२०४६ पछि ममा विचलन आयो कि तपाईको पार्टीका नेतामा विचलन आयो ?’ उनले वीपीको मेलमिलापको नीति अहिले राप्रपाले बोकेको तथा गणेशमान र कृष्णप्रसाद भट्टराईलाई रुवाएर पार्टी छोड्न लाउने कांग्रेसहरु कसरी अग्रगामी हुन सक्छन् भन्दै प्रश्न गरे ।
उनले राप्रपालाई १ नम्बरको पार्टी बनाएर छोड्ने भन्दै कमजोरी सच्याउँदै सबैको साथ र सहयोगको अपेक्षा समेत गरे ।





