Logo
४ भाद्र २०८३, बिहीबार
|  Thu Aug 20 2026

मिश्र काठमाडौँ क्षेत्र नं. १ बाट चुनाव लड्ने


बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका रवीन्द्र मिश्रले काठमाडौँ क्षेत्र नं. १ बाट प्रतिनिधि सभाको चुनाव लड्ने भएका छन् ।

शुक्रबार मिश्रले औपचारिक रुपमा आफ्नो उम्मेद्वारी घोषणा गर्ने कार्यक्रम तय गरेका छन् । दिउँसो साढे १२ बजे थापागाउँस्थित बानेश्वर ब्याङक्वेटबाट उम्मेदवारी घोषणा गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

राप्रपामा समाहित भएपछि मिश्रले हलो चिह्नमा चुनाव लड्दैछन् । विवेकशील साझा पार्टी छोडेपछि मिश्रसहितको समूह बुधबार राप्रपामा प्रवेश गरेको थियो । राप्रपाले मिश्रलाई तेस्रो वरीयतामा भित्र्याएको छ । मिश्रलाई वरिष्ठ उपाध्यक्षको जिम्मेवारी दिने निर्णय रापप्राले गरेको छ ।

अघिल्लो पटकको निर्वाचनमा मिश्र क्षेत्रनम्बर १ मै विवेकशील साझा पार्टीबाट चुनाव लडेका थिए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार