Logo
५ भाद्र २०८३, शुक्रबार
|  Fri Aug 21 2026

रवि लामिछनेलाई डेंगु संक्रमण


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई डेंगु संक्रमण भएको छ ।

रविले आफ्नो सामाजिक संजाल फेसबुक पेजमा आफूलाई संक्रमण देखिएको जानकारी दिएका छन् ।

उनले लेखेका छन्, ‘हिजो दिउँसोदेखि ज्वरो र शरीर दुखाईका लक्षण देखिन थालेको थियो । आज परिक्षण गराउँदा डेंगु देखियो । डाक्टरको सल्लाह अनुसार केही दिन आराम गर्नु पर्ने भएकाले भरतपुर, तनहुँ, लम्जुङ, गोर्खा लगायतका कार्यक्रमहरुमा सहभागी हुन नसकिने कुराको जानकारी गराउँदछु ।’

उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको पनि जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !
विचार