Logo
५ भाद्र २०८३, शुक्रबार
|  Fri Aug 21 2026

रवीन्द्रलाई लक्षित गर्दै प्रकाशमानले भनेः एउटा पार्टी छाडेर अर्कोमा गएकालाई पनि प्रतिस्पर्धामा स्वागत छ


सत्ता गठबन्धनबाट काठमाडौं क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार रहेका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एउटा पार्टी छाडेर अर्कोमा गएका र नयाँ-नयाँ दलबाट उम्मेदवार रहेकाहरूलाई पनि प्रतिस्पर्धाका लागि स्वागत गरेका छन्।

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारले राखेको प्रश्नको जवाफ दिने क्रममा सिंहले काठमाडौं १ मै उम्मेदवारी दिएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रप्रति लक्षित गर्दै एउटा पार्टी छाडेर अर्कोमा गएकालाई पनि प्रतिस्पर्धामा स्वागत छ भनेका हुन्।

मिश्र विवेकशील साझा पार्टी छाडेर हालै राप्रपामा प्रवेश गरेका थिए। उनी राप्रपाबाट यसपालि पनि काठमाडौं क्षेत्र नम्बर १ मा चुनाव उठेका छन्। २०७४ मा पनि मिश्र र सिंहबीच प्रतिस्पर्धा भएको थियो। ८१९ मतान्तरले मिश्र पराजित भएका थिए।


प्रतिक्रिया दिनुहोस !
विचार