Logo
१७ जेष्ठ २०८३, आईतवार
|  Sun May 31 2026

मादी हत्याकाण्डका मुख्य योजनाकार अर्कै, थप चार जना सार्वजनिक


प्रहरीले यसअघि स्थानीय लोकबहादुर कार्कीले मात्रै ६ जनाको हत्या गरेको बताएपछि थप अनुसन्धान गर्ने क्रममा अन्य चार जनाको संलग्नता देखिएको र मुख्य योजनाकार पनि अर्कै रहेको खुलेको छ। लोकबहादुरका काका ४७ वर्षीय खड्गबहादुर कार्की मुख्य योजनाकार रहेको प्रहरीले जनाएको छ। खड्गबहादुरका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, लोकबहादुरका बुबा ४९ वर्षीय रणबहादुर कार्की र लोकबहादुरका भाइ १७ वर्षीय नरेश कार्कीलाई पक्राउ गरेको छ।

उनीहरुलाई पत्रकार सम्मेलन गरी प्रहरीले सोमबार सार्वजनिक गरेको संखुवासभाका प्रहरी प्रमुख डीएसपी लालध्वज सुवेदीले जानकारी दिए। परिवारका ८४ वर्षीया पार्वती कार्की, ५५ वर्षीय तेजबहादुर कार्की, ५४ वर्षीया कमला कार्की, ३२ वर्षीया रन्जना कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीया गोमा कार्कीको हत्या भएको थियो।

घटना योजनाबद्ध ढंगबाट ५ जनाको समूहले घटाएको र यसको योजना लोकबहादुर कार्कीको घरमा घटनाको अघिल्लो रात ८ बजे बनाएको खुलेको छ। मुख्य योजनाकार खड्ग बहादुर कार्कीसहित हस्त बहादुर कार्की, लोकबहादुर कार्की र नरेश कार्की समेत बसी योजना बनाएको खुलेको छ।

योजनाअनुसार घटनाको दिन २१ गते बिहान मृतक तेज कुमार कार्की खेताला बोलाउन लोक बहादुरको घरमा आउने र सोही अवसरमा मौका छोपी तेज कुमार र कमला कार्कीको हत्या गर्ने अन्यले थाहा पाए भने उनीहरूको पनि हत्या गर्ने साथै अनुकूल मिलेमा तेज बहादुरको घरमा भएको धनमाल समेत लाने योजना बनाएको अनुसन्धानमा खुलेको डीएसपी सुवेदीले बताए।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार