संघ र प्रदेश सरकारबाट इजाजत लिई व्यवसाय गरिरहेकाहरूले पनि काठमाडौं महानगरपालिकाबाट व्यवसाय दर्ता गरी सञ्चालन गर्नुपर्ने भएको छ।
महानगरको बबरमहलस्थित राजश्व विभागले सूचना जारी गरेर महानगर क्षेत्रभित्र व्यापार व्यवसाय सञ्चालन गर्ने कतिपय व्यवसायीहरूले संघ र प्रदेश सरकारबाट इजाजत लिएको तर महानगरबाट अनुमति नलिइएको पाइएको उल्लेख गरेको छ।
महानगरले ३० दिनभित्र व्यवसाय महानगरमा दर्ता गर्न पनि आग्रह गरेको हो।
नजिकको वडा कार्यालयमा गई व्यवसाय दर्ता गर्न सकिने महानगरले जारी गरेको सूचनामा उल्लेख छ।






