Logo
४ भाद्र २०८३, बिहीबार
|  Thu Aug 20 2026

चुनावको खेल धेरै खतरनाक : महासचिव भुसाल


 नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले चुनावको खेल धेरै खतरनाक हुने भन्दै त्यसलाई बुझ्न जरुरी रहेको बताएका छन् । निर्वाचनमा मत बदर नहोस् भन्ने कुरामा अत्यन्त सजग हुनुपर्ने उनले बताए ।

शुक्रबार काठमाडौंमा आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भुसालले मत बदर भए निर्वाचन हार्ने खतरा हुने बताए ।

स्थानीय निर्वाचनमा धेरै ठाउँमा मत बदर भएका कारणले आफूहरुले चुनाव हारेको बताउँदै उनले भने, ‘फेरि पनि हाम्रा मतहरु बदर भए भने फेरि पनि हामी चुनाव हार्न सक्नेछौं । चुनावको खेल भनेको धेरै खतरनाक खेल हुन्छ । त्यसलाई बुझ्न जरुरी छ । मत बदर नहोउन् भन्ने कुरामा अत्यन्त सजग हुन जरुरी छ ।’

उनले आफूहरुले गठबन्धन बनाएर संविधानको रक्षा गरेको जिकीरसमेत गरे । अन्यथा नेपालमा लोकतन्त्र नै समाप्त हुने स्थिति आउने उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !
विचार