Logo
१७ जेष्ठ २०८३, आईतवार
|  Sun May 31 2026

माधव नेपालसहित १४ सांसदविरुद्ध ओलीले दायर गरेको मुद्दाको सुनुवाइ हुँदै


माधव नेपालसहित १४ जना सांसदको पद खारेजीको माग गर्दै एमाले अध्यक्ष केपी ओलीले सर्वोच्च अदालतमा दायर गरेको मुद्दामा आज पनि सुनुवाइ हुँदैछ। न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ भइरहेको मुद्दामा बहस हिजो नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । आज पनि सुनुवाइले निरन्तरता पाउने भएको हो ।

नेकपा एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई गरेको कारबाही कार्यान्वयनको माग गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। एमाले अध्यक्ष ओलीले १४ जना सांसदलाई पार्टीले कारबाही गरेको पत्र पठाए पनि सांसद पद निलम्बन नगरेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाविरूद्ध रिट दायर गरेका थिए।

कानूनबमोजिम पार्टीले प्रक्रिया पूरा गरेर निष्कासन गरेका सांसदहरुलाई सभामुखले पदमुक्त गरेको सूचना टाँस्नुपर्ने भन्दै एमालेले संसदमा निरन्तर अवरोध गरिरहेको छ। अवरोधकैबीच सभामुख सापकोटाले हिजो बैठक सुचारु गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार