Logo
५ भाद्र २०८३, शुक्रबार
|  Fri Aug 21 2026

१४ नागरिक अगुवाको अपिल : पटकपटक मौका पाएर पनि असफल भएकालाई नो भोट


राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्र बहादुर क्षत्री सहित १४ नागरिक अगुवाले पटक पटक मौेका पाएर पनि असफल भएकाहरुलाई आगामी निर्वाचनमा भोट नहाल्न अपिल जारी गरेका छन् । सोमबार साँझ एक विज्ञप्ती जारी गर्दै उनीहरुले राष्ट्रघाती र भ्रष्टाचारमा संलग्नहरुलाई परास्त गर्न सबैमा आग्रह गरेका हुन् ।

यसरी अपिल जारी गर्नेहरुमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्र बहादुर क्षेत्री, विश्लेषक श्याम श्रेष्ठ, पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोक कृष्ण भट्टराई, विश्लेषक डा. सुरेन्द्र केसी, वरिष्ठ अधिवक्ता बोर्ण बहादुर कार्की, नागरिकता अध्ययन कार्यदलका संयोजक साध्यबहादुर भण्डारी , एमसिसि खारेज अभियानका संयोजक नारायण शर्मा, अभियन्ता दीपक गैरे, नागरिकता सम्बन्धि अभियन्ता एस.के तिमिल्सेना, सह प्राध्यापक डा. राजु चित्रकार, अभियन्ताहरु प्रकाश दाहाल, हेमा जिएम, राष्ट्रिय नेवाः पुचः की महासचिव संगिता नकर्मी र कल्पना दर्लामी मगर रहेका छन् ।

विज्ञप्तीको पूर्ण पाठ यस्तो रहेको छ ।

final elecation 2079


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार