Logo
४ भाद्र २०८३, बिहीबार
|  Fri Aug 21 2026

कास्की २ मा १७ सय मत गन्दा घण्टीको अग्रता कायमै, एमाले दोस्रो


कास्की क्षेत्र नम्बर-२ मा प्रतिनिधि सभा सदस्यका लागि जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम राखेको छ। निर्वाचन अधिकृत दयाशंकर अधिकारीका अनुसार १७०४ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले ५२८ मत प्राप्त गरेका छन्।

उनलाई एमालेकी विद्या भट्टराईले ३९७ मत ल्याएर पछ्याइरहेकी छिन्। यस्तै एकीकृत समाजवादीका श्रीनाथ बरालले २९६ मत ल्याएका छन्।

यसैगरी राप्रपाका सुवर्णराज पन्तले २४९ मत पाएका छन्।

यसअघिको निर्वाचनमा यो क्षेत्रमा एमालेका रविन्द्र अधिकारी निर्वाचित भएका थिए। पछि उनको हेलिकप्टर दुर्घटनामा निधन भएपछि भएको उपनिर्वाचनमा उनकी श्रीमती विद्या भट्टराई निर्वाचित भएकी थिइन्।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार