Logo
४ भाद्र २०८३, बिहीबार
|  Fri Aug 21 2026

तनहुँ २ (१) मा एमालेका महत विजयी


प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्तर्गत तनहुँ–२ (१) मा नेकपा ९एमाले) का श्यामराजा महत निर्वाचित भएका छन्।

आज बिहान सार्वजनिक मतपरिणामअनुसार प्रतिस्पर्धीभन्दा एक हजार सात सय ७२ बढी मत प्राप्त गरी महत प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।

महतले १५ हजार छ सय ५३ मत प्राप्त गरेको तनहुँ क्षेत्र नं २ का निर्वाचन अधिकृत गोविन्द उपाध्यायले जानकारी दिए।

प्रतिस्पर्धी वाम–लोकतान्त्रिक गठबन्धनबाट नेकपा ९माओवादी केन्द्र० का राजेन्द्रकेशरी न्यौपानेले १३ हजार आठ सय ८१ मत प्राप्त गरे।

उक्त प्रदेशमा ३७ हजार सात सय ९४ मत खसेको थियो।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार