Logo
३१ श्रावण २०८३, आईतवार
|  Sun Aug 16 2026

चोलेन्द्रका सम्बन्धमा लिखित जवाफ तयार पार्दै संसदका महासचिव


संघीय संसद सचिवालयका महासचिव भरतराज गौतम निलम्बित प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग निष्प्रभावी भएको पत्र लेखेको सम्बन्धमा लिखित जवाफ तयार पार्दैछन् ।

शुक्रबार सर्वोच्च अदालतले के कति कारणले महाअभियोग निष्प्रभावी भएको पत्र लेखिएको हो भन्नेबारे जवाफ दिन संघीय संसदका महासचिवको नाममा समेत आदेश जारी गरेको छ । त्यस अनुसार महासचिव गौतम लिखित जवाफको तयारीमा जुटेका हुन् ।

‘शुक्रबार सर्वोच्चको आदेश भएको छ । आइतबार (आज) आदेशका सम्बन्धमा छलफल हुन्छ,’ संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भने ।

शुक्रबार कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले महासचिव गौतमको पत्र कार्यान्वयन नगर्नु भनी आदेश दिएको हो ।

साथसाथै, संवैधानिक इजलासले के कति कारणले पत्र लेखिएको हो भन्नेबारे जवाफ दिनसंघीय संसदका महासचिवको नाममा आदेश जारी गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार