Logo
२ भाद्र २०८३, मंगलवार
|  Tue Aug 18 2026

इतर पक्षबाट कांग्रेस संसदीय दलको उम्मेदवार गगन थापालाई बनाउने निर्णय


नेपाली कांग्रेसको इतर पक्षले पार्टी संसदीय दलको नेताको उम्मेदवार गगन थापालाई बनाउने निर्णय गरेको छ ।

मंगलबार अपराह्न सिंहदरबारस्थित होटल बसेरामा बसेको इतर पक्षको बैठकमा नेता शेखर कोइरालाको प्रस्तावमा गगनलाई उम्मेदवार बनाउने निर्णय भएको हो। यसअघि कोइरालाले आफू संसदीय दलको उम्मेदवार बन्नुपर्ने दाबी प्रस्तुत गर्दै आएका थिए । तर, इतरपक्षमा गगनलाई रोक्न सक्ने अवस्था नभएपछि आफू ब्याक हुँदै उनलाई अघि सारिएको हो ।

बैठकमा बोल्दै नेता कोइरालाले पुस्तान्तरणको पक्षमा आफू रहेको भन्दै गगन थापा संसदीय दलको साझा उम्मेदवार रहने बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार