Logo
२९ श्रावण २०८३, शुक्रबार
|  Fri Aug 14 2026

भोट हालेको फोटो खिचिएको भन्दै गगनको असन्तुष्टि


नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा सांसदहरुलाई मत दिएको प्रमाणका रुपमा फोटो खिचेर ल्याउन लगाइएको भन्दै गगन थापाले असन्तुष्टि जनाएका छन् ।

हालै सम्पन्न संसदीय दलको निर्वाचनमा केही सांसदहरूले नियम विपरीत आफूले मत हालेपछि मतपत्रको तस्बिर खिचेको गगन थापाको भनाइ छ ।

यसरी तस्बिर खिच्ने कम्तीमा १०/११ जना सांसदहरू रहेको संसदीय दलका उम्मेदवार गगन थापाले बताए।

‘मतदानका क्रममा आफ्नै आँखा अगाडि १०/११ जना सांसदले मतपत्रको फोटो खिचेको देखेँ’, गगनले भने, ‘हेर्दाहेर्दै केही सिनियर नेताहरू अरूलाई कुरेको भनेर छेउमा आएर बस्नुभयो। मेरै आँखा अगाडि हामीले कराउँदा कराउँदै, त्यसो नगर्नुहोस् भन्दा भन्दै पनि १०/११ जना साथीले मोबाइल निकालेर तस्बिर खिच्नुभयो।’

नेता थापाका अनुसार सांसदजस्तो मान्छेलाई मोबाइल बाहिरै राख्न भन्नु सम्मानजनक नहोला भनेर हामीले पनि पार्टीको आन्तरिक निर्वाचन भएकाले यसलाई ठूलो विषय नबनाइ मोबाल बोक्न दिएको बताए।

उनले फोटो खिचेर लगेर कसैलाई देखाउनुभन्दा सांसद साथीहरूले सामाजिक सञ्जालमा नै राखिदिनु उचित हुने भन्दै सार्वजनिक गर्न आग्रह गरे।


प्रतिक्रिया दिनुहोस !
विचार