Logo
२८ श्रावण २०८३, बिहीबार
|  Thu Aug 13 2026

शपथग्रहण अगाडि सर्वदलीय बैठक बस्दै


संसदको चुनावमा निर्वाचित भएका सांसदहरुको शपथग्रहण अगाडि आज सर्वदलीय बैठक बस्दैछ ।

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति समशेर जबराको अध्यक्षतामा मध्यान्ह १२ बजे बैठक बस्नेछ ।

बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा सर्वदलीय बैठक बस्न लागेको हो । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दलबाट १/१ जना प्रतिनिधि र ५ स्वतन्त्र सांसदहरु सहभागी हुनेछन् ।

जबराले हिजो शपथ लिएसँगै सर्वदलीय बैठक बोलाएका थिए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार