प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रीपरिषद विस्तारको तयारी गरेका छन् । प्रधानमन्त्री बनेको लामो समयसम्म पनि मन्त्रीपरिषदलाई पूर्णता दिन नसकेको भन्दै प्रधानमन्त्रीको आलोचना भइरहेका बेला देउवाले मन्त्रीपरिषद विस्तारको तयारी गरेका हुन् ।
दुई दिनअघि मात्रै परराष्ट्रमन्त्री चयन गरेका देउवाले आज अन्य मन्त्रीहरु पनि नियुक्त गर्ने बालुवाटार स्रोतले जानकारी दिएको छ । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले मन्त्री बन्नेहरुको नाम प्रधानमन्त्रीलाई दिइसकेको बुझिएको छ ।





