Logo
२१ कार्तिक २०८३, शनिबार
|  Sat Nov 7 2026

नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेमाथि छानविन समिती गठन


काठमाडौं महानगरपालिकाले महिला प्रहरीलाई दुर्व्यवहार गरेको आरोप लागेका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेमाथि छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ।

प्रहरी हवल्दार गंगा उप्रेतीले आफूलाई सुत्केरी हुँदा पाण्डेले दुर्व्यवहार गरेको भन्दै उजुरी दिएपछि छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले जानकारी दिए।

छानबिन समितिको संयोजकमा सामाजिक विकास विभागका प्रमुख गोपालप्रसाद पोखरेल छन् भने न्याय प्रशासन विभागकी सुमित्रा लामिछाने र सहरी योजना आयोगकी उपनिर्देशक सरिता कुमारी राई सदस्य छिन्।

 


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार