Logo
२० कार्तिक २०८३, शुक्रबार
|  Fri Nov 6 2026

‘हाम्रा मान्छे वडाध्यक्ष हेर्दैनन् है!वडाध्यक्ष हुन मै राजीनामा दिएर आउनुपर्ला: रवि लामिछाने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्।चितवन पुगेका सभापति लामिछानेले एक कार्यक्रममा बोल्दै पार्टीभित्र वडाध्यक्ष बन्न इच्छुक नदेखिएको र अधिकांशको आकाङ्क्षा एकैपटक मेयर, प्रदेशसभा सदस्य तथा ठूला पदमा पुगेको बताए।

उनले आफूले वडाध्यक्ष पदका लागि आवेदन दिएको नदेखेको भन्दै कार्यकर्ताको पदप्रतिको आकांक्षामाथि व्यङ्ग्य गरे। पार्टीभित्र अवसरको राजनीति हाबी हुन थालेको बताए।

उनले पार्टीले उम्मेदवार छनोटका लागि ‘क्यान्डिडेट क्लब’को विधि अपनाएको भन्दै प्रक्रिया विधिसम्मत र पारदर्शी हुने बताए।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार