नेकपा एकीकृत समाजवादीले प्रतिनिधि सभाको निर्वाचनमा स्वतन्त्र चुनाव लडेका घनश्याम भुसाललाई स्वागत पत्र पठाएको छ।
नेता भुसाललाई बुधवार साँझ नेकपा एसले पत्र पठाएको हो। सोमबार नेता भुसालले नेकपा एसमा प्रवेश गर्न लागि वामपन्थी एकताको प्रस्ताव पठाएका थिए। नेकपा एसले नेता भुसालले उठाएको प्रस्तावलाई सम्बोधन गर्ने गरी पत्र पठाएको हो।
एमाले परित्याग गरेर मंसिर ४ को निर्वाचनमा स्वतन्त्र चुनाव लडेका घनश्याम भुसाल नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन्। भुसाल केही दिनमै पार्टीमा प्रवेश गर्ने तयारी रहेको नेकपा एसका एक नेताले बताए।
भुसालले नेकपा एसमा महासचिव मागेका छन्।





