Logo
१७ जेष्ठ २०८३, आईतवार
|  Sun May 31 2026

संवैधानिक राजसंस्थाको माग सहित राजधानीमा ब्यापक प्रदर्शन


संवैधानिक राजसंस्था, हिन्दुराज्य र अखण्ड नेपाल पुनस्र्थापनाको मागसहित काठमाडौँमा बृहत प्रदर्शन भएको छ ।
संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले सोमबार काठमाडौँको भृकुटीमण्डपबाट बसन्तपुरसम्म विरोध ¥याली गरेको हो । उनीहरुले संवैधानिक राजसंस्था, धार्मिक सहिष्णुतासहितको सनातन हिन्दु राष्ट्र र अखण्ड नेपालको पुनसर््थापना गर्नु पर्ने मागसहितका नारा लगाएका छन् ।

०७२ को संविधानले नेपालको अखण्डता, राष्ट्रियता, धार्मिक स्वतन्त्रतालाई हनन गरिरहेको र संविधान विदेशीको ईशारामा ल्याइएको भन्दै उक्त संविधानलाई खारेज गरि संवैधानिक राजसंस्था देशमा अपरिहार्य रहेको मोर्चाको भनाई छ । संविधान खारेजीसँगै संवैधानिक राजसंस्थाले मात्रै मुलुकलाई निकाश दिने मोर्चाको ठहर छ ।


प्रतिक्रिया दिनुहोस !
विचार