प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बिरोधका बीचमा आज पनि सभामुख अग्नी सापकोटाले संसद बैठक चलाएका छन् ।
बैठक सुरुहुने बितिकै एमालेका सांसदहरुले उठेर बिरोध गर्दै रोष्टम घेराउ गर्न पुगेका थिए । सो क्रममा उनीहरुले एमालेले कारवाही गरेका सांसदहरुलाई सदनमा प्रवेश गराएको भन्दै नारावाजी गरेका थिए । बिरोधपछि सभामुख अग्नि सापकोटाले पटक पटक बैठक सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेपनि एमाले सांसदहरुले सभामुखको आग्रहलाई बेवास्ता गरेका थिए ।
एमालेका सांसदहरुको बिरोधकाबीच सभामुख सापकोटाले राष्ट्रपति कार्यालयबाट विनियोजन विधेयक प्रमाणीकरणसम्बन्धी प्राप्त पत्र पढेर सुनाएका थिए भने प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले राष्ट्रिय सभाबाट पारित भएका आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ सम्बन्धी सुचना पढेर सुनाएका थिए । प्रतिनिधिसभाको अर्को बैठकमा असोज १४ गते बोलाइएको छ ।





