Logo
२१ कार्तिक २०८३, शनिबार
|  Sat Nov 7 2026

पोखरामा विमान दुर्घटना परी ज्यान गुमाउनेको शब काठमाडौं ल्याइयो


१ माघमा पोखरामा दुर्घटनाग्रस्त यति एयरलाइन्सका मृतकहरूमध्ये ४६ जनाकाे शब आज काठमाडौं ल्याइएको छ ।

उनीहरूको शबलाई हेलिकोप्टरमार्फत  काठमाडौं ल्याइ पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको  हो । अन्य २४ जनाको शब भने गण्डकी शिक्षण अस्पतालमा पोस्टमार्टम गरिँदै छ । जसमध्येका केही शव आफन्तलाई हस्तान्तरण गरिएको अस्पतालले जनाएको छ । कतिपय शव पहिचान गर्न नै नसकिने खालका भएको र डिएनए परीक्षण समेत गर्नुपर्ने भएकाले काठमाडौं ल्याइएको हो ।

विमानमा ७२ जना सवार थिए त्यसमध्ये ७० जनाको मात्रै शब फेला परेको छ । बाँकी दुई जनालाई अझै फेला पार्न सकिएको छैन ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार