नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुनलाई थप उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक स्रोतले जनाएको छ ।
एक्कासी बिरामी परेपछि अहिले उनको उपचार भैरहेको छ । । जण्डिसको मात्रा बढेको र भोमिट हुने, ज्वरो आउने जस्ता समस्या देखिएपछि उनलाई ललितपुरस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा थप समस्या बढेपछि पुन भोली थाईल्याण्डको बैंकक जान लागेका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पुनलाई भेटेर थाइल्याण्ड जान सुझाएका थिए ।
अध्यक्ष प्रचण्डको सल्लाहापछि थप उपचारका लागि बैंकक लैजाने तयारी गरिएको नेता पुनका स्वकीय सचिव सन्तोष पुनले जानकारी दिए । झण्डै दुई वर्षअघि पनि नेता पुन जण्डिसका कारण गम्भिर विरामी परेर थाईल्याण्डको बु्रमुङगार्ड अस्पतालमा उपचारका लागि लगिएको थियो ।
त्यहाँ उनको झण्डै एक महिना उपचार गरेपछि नेपाल ल्याईएको हो । अहिले पनि पुनलाई पुरानै रोग बल्झिएको हो ।





