नेपालमा राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको अभियानमा रहेको स्वतन्त्र नागरिक समाजका संयोजक हेमविक्रम सिलवालमाथि हातपात भएको स्वतन्त्र नागरिक समाजले जनाएको छ । संयुक्त जनआन्दोलन राष्ट्रिय मोर्चाले निकालेको ¥यालीमा उनीमाथि हातपात भएको समाजले निकालेको विज्ञप्तीमा उल्लेख छ ।
असोज ११ गते भृकुटीमण्डपबाट वसन्तपुरतर्फ ¥याली अघि बढ्ने क्रममा भद्रकालीमा हातपात गरिएको जनाइएको छ । ¥यालीमा सहभागी शिवसेना पार्टीका अध्यक्ष विक्रमबहादुर बमको नेतृत्वमा हातपात भएको जनाउँदै समाजले दोषीमाथि कडा कारबाहीको माग समेत गरेको छ । समाजले जारी गरेको विज्ञप्तीको पूर्ण पाठ यस्तो रहेको छ ।
प्रेस बिज्ञप्ति ।
संयुक्त राष्ट्रिय जनअान्दाेलन माेर्चाले मिति २०७८-६-११ गते ११:३० बजे भृकुटीमण्डपदेखि बसन्तपुर सम्मकाे र्यालिसहित काे शभाकाे कार्यक्रममा र्यालि अघि बढ्दै जाँदा भद्रकाली मन्दिर अगाडि र्यालि पुगिरहँदा स्वतन्त्र नागरिक समाजका संयाेज हेम बिक्रम सिलवालाई ईन्द्रेणि खबर अन्लाईन लगाएतका अन्ने अनलाईन टेलिभिजनले अन्तर्बाता लिईरहेकाे अबस्थामा संयुक्त जनअान्दाेलन माेर्चाकाे केन्द्रीय सल्लाहकार तथा जन परिचालन संयाेजक बताउने राष्ट्रिय शिबसेना पार्टीका अध्यक्ष दार्चुला घर निबाशि बिक्रम बहादुर बमकाे नेतृत्वमा केही भिजलान्ते सहितकाे टाेलिले स्वतन्त्र नागरिक समाजका संयाेजक लाई बिच सडमानै कुटपिट ,हातपात ,लछारपछार गरिरहेकाे भिडियाे प्रष्ट एथेष्ट प्रमाणकासाथ सार्वजनिक भएकाे देख्न सकिन्छ । यश घटनाकाे प्रमुख जिम्मेवारी संयुक्त राष्ट्रिय जनअान्दाेलन माेर्चाका अध्यक्ष तारानाथ लुईटेल लगाए माेर्चा का सबै जिम्मेवार पधादिकारिहरुले लिनुपर्ने र यश घटनाकाे सत्यतथ्य छानबिन गरि उक्त बिक्रम बहादुर बम लगाएत का भिजलान्ते समुहलाई पहिचान गरि सार्वजनिक ऐन कानुन अन्तर्गत कडाभन्दाकडा कार्बाहिकाे माग सहित यसता किसिम का गतिविधि राेक्न र पुन: यस्ता घटनाका नदाेरिहुँन भन्नकाे निमित्त संयुक्त राष्ट्रिय जनअान्दाेलन माेर्चालाई स्वतन्त्र नागरिक समाजकाे चेतावनी सहित अाग्रह गर्दछाैं । यश घटनाको सूक्ष्म अध्ययन गरि उक्त बिक्रम बाहादुर बमलाई कार्बाहि नगरे भाबि -ष्यमा हुँनजाने यस्ता खालका गतिविधिलाई प्रशय दिनकैलागि संयुक्त राष्ट्रिय जनअान्दाेलन माेर्चा गठन भएकाे ठहरिनेछ ।
सार्वजनिक कार्यक्रममा कसैमाथि हातपात सहित लछारपसार गरिरहेकाे भिडियाेनै सार्वजनिक भएकाे हुँदा उक्त समयमा स्वतन्त्र नागरिक समाजका संयाेजक हेम बिक्रम सिलवालपनि उग्र बन्न सक्नुहुन्थ्याे । तरपनि यस्ता सार्वजनिक कार्यक्रममा सम्मेमित हुँदै कार्यक्रम जनताकाे नजरमा सफल पार्नकाे निमि- त्त उहाँले तत्काल कुनै ऐक्शन नलिई अाफुलाई सम्माल्नुभयाे । यदि उक्त समयमा उहाँपनि उग्रभईदिएकाे भए सायद कार्यक्रम मा झडप भई कार्यक्रमनै बिथाेलिन सक्थ्याे ।माेर्चाका केही अन्ने साथिहरुकाे याेजनाबद्ध र सुनाेयाेजित ढंगले उक्त घटना घटाईएकाे देखिन्छ । तसर्थ स्वतन्त्र नागरिक समाज अाजका मितिदेखि यस्ता खाले प्रबृत्ति भएका पात्रद्वारा रचित र गठित नामधारि माेर्चाकाे कुनै अाैचित्य नभएकाे र उक्त माेर्चाले जनअान्दाेलन उठान गर्ननसक्ने र हाम्रा ऐजेण्डाहरुलाई स्थापित गर्न नसक्ने ठहर भएकाे हुँदा उक्त माेर्चाका प्रचारप्रसार बिभाग प्रमुख हेम बिक्रम सिलवाल द्वारा पद परित्याग गर्दै माेर्चाबाट अलग भएकाे घाेषना गर्दछाैं ।
साथै उपरान्त भाबिदिनहरुमा श्री हेम बिक्रम सिलवालकाे जिऊँधन तलमाथि हुँन गएमा संयुक्त राष्ट्रिय जनअान्दाेलन माेर्चा नै जिम्मेवारी रहनेछ । साथमा उक्त बिक्रम बाहादुर बम लगाएतका भिजलान्ते समुहलाई पहिचान गरि कार्बाहि नगरे हामी कानुनि कार्बाहिमा जान बाध्य हुँनेछाैं । र साथमा उक्त अभियुक्तहरुलाई पहिचानगरि कार्बाहि नगरे स्वतन्त्र नागरिक समाज यस्ताखालका गतिविधि पुन: द्राेहरिन नदिनकालागि समयसंगै ऐक्सन लिनेछ र तत्पश्चात घटनाक्रमकाे जिम्मेवार सम्बन्धि माेर्चा र उक्त ब्यक्तिहरु स्वमले लिनुपर्नेछ । यस घटना प्रति राष्ट्रिय मानबअधिकार अायाेग ,सुरक्षा निकाए ,बुद्धिजीवी पत्रकार जगतमा स्वतन्त्र नागरिक समाज यस घटनाप्रति ध्यानाकर्षण गर्दछाैं ।
जय गुरु गाेरख ।
स्वतन्त्र नागरिक समाज परिवार । मिति २०७८-६-१२ गते ।





