Logo
२ श्रावण २०८३, शनिबार
|  Sun Jul 19 2026

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, के भयो कुराकानी ?


प्रधानमन्त्री शेरबहादुर देउवालाई र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड बालुवाटार पुगेका थिए । मन्त्रिपरिषद् विस्तारको पूर्वसन्ध्यामा उनीहरुबीचको भेटलाई अर्थपूर्ण मानिएको छ ।

प्रचण्डको सचिवालयका अनुसार अध्यक्ष प्रचण्ड र प्रधानमन्त्रीबीच मन्त्रिपरिषद विस्तारलगायत विषयमा कुराकानी भएको छ । आजै गठबनधनका अन्य दलका नेताहरुसँग पनि प्रधानमन्त्रीले भेट्ने कार्यतालिका छ ।

नेपाली कांग्रेसका सभापति देउवाले आजै मन्त्रीको नाम उपलब्ध गराउन गठबन्धनका नेताहरुसँग आग्रह गरेका छन् । असार २९ मा प्रधानमन्त्री बने पनि मन्त्रिपरिषदलाई पूर्णता दिएका छैनन्। आज गठबन्धनको बैठकपछि मन्त्रिपरिषद् विस्तार गर्ने देउवाको तयारी रहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार