Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

निरन्तर ओरालो लाग्यो सुनको मूल्य, आज कतिमा भैरहेछ कारोबार ?


मंगलबार ३ सयले घटेको सुनको मूल्य आज पनि ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज १०० रुपैयाँले घटेर स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार ९०० रुपैयाँ कायम छ ।

यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ४५० रुपैयाँ कायम छ । हिजो मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ५५० रुपैयाँ कायम थियो ।

यससँगै, आज चाँदीको मूल्य भने स्थिर रहेको महासंघले बताएको छ । आज चाँदी प्रतितोला १ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य रु ५ ले घटेको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार