Logo
२३ कार्तिक २०८३, सोमबार
|  Mon Nov 9 2026

अर्थमन्त्री वाग्ले अमेरिकी पत्रिका ‘टाइम’को १०० प्रभावशाली व्यक्तित्वको सूचीमा


काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्वप्रसिद्ध अमेरिकी पत्रिका टाइमको सन् २०२६ का १०० प्रभावशाली व्यक्तित्वको सूचीमा छनोट भएका छन्।जलवायु परिवर्तनसम्बन्धी मुद्दामा उनले पुर्याएको योगदानको कदर गर्दै टाइमले उनलाई उक्त सूचीमा समावेश गरेको अर्थमन्त्री वाग्लेको सचिवालयले जानकारी दिएको छ ।

सचिवालयका अनुसार १०३ वर्षको इतिहास बोकेको टाइमको सूचीमा समावेश हुनु नेपालको लागि पनि महत्वपूर्ण उपलब्धि हो।

विगत २८ वर्षदेखि दिगो आर्थिक विकासको क्षेत्रमा अध्ययता, नीतिनिर्माता तथा निर्वाचित राजनीतिज्ञका रूपमा सक्रिय वाग्लेले रसुवा–भोटेकोसी बाढीपछि जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चमा गरेको पैरवी, जलवायु वित्त परिचालन तथा स्रोत व्यवस्थापनका लागि गरेको पहल र अन्तर्राष्ट्रिय प्रणालीगत सुधारसम्बन्धी विचारले विशेष महत्त्व पाएको सचिवालयको भनाइ छ।

उक्त सूचीमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस, बेलायती राजकुमार विलियम र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयेनलगायत विश्वका विभिन्न क्षेत्रका प्रभावशाली व्यक्तित्वहरू पनि समावेश छन्।


प्रतिक्रिया दिनुहोस !
विचार