Logo
२ भाद्र २०८३, मंगलवार
|  Tue Aug 18 2026

राष्ट्रपतिका विषयमा प्रचण्ड कांग्रेससँग लचक नभएको केपी ओलीको भनाई


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिको विषयलाइ लिएर कांग्रेससँग लचक नभएको बताएका छन् ।

उनले आज विराटनगरमा सञ्चारकर्मीलाई प्रश्नको जबाफ दिदै यस्तो बताएका हुन् । कांग्रेसले राजनीतिक संस्कार र स्तर नराखेको भन्दै उनले कांग्रेसले राष्ट्रपतिको उम्मेदवार दिन्छु भन्नुलाई अनौठो रुपमा लिन नपर्ने बताए । ओलीले माओवादीले भनेको राष्ट्रिय सहमति यही समिकरणमा कांग्रेसले समर्थन गर्नलाई भनिएको बताए । राष्ट्रपतिका सवालमा कांग्रेससँग प्रधानमन्त्री लचक बन्नुभएको हो ? भन्ने प्रश्नमा ओलीले भने, ‘कांग्रेस नेताहरुले त्यसो भनेको सुन्छु तर मलाई त्यस्तो लाग्दैन ।’

 


प्रतिक्रिया दिनुहोस !
विचार