अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश–२ का मुख्यमन्त्रीको कार्यालयमा छापा मारेको छ । मुख्यमन्त्रीको कार्यालयमा पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले त्यहाँबाट केही कागजात जफत गरेको बुझिएको छ ।
अख्तियार स्रोतले दिएको जानकारी अनुसार मुख्यमन्त्रीको कार्यालयमा छापा मारेर साइकल खरिद सम्बन्धी कागजात जफत गरिएको छ ।
प्रदेश २ को सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम अन्तर्गत ११ करोड भन्दा बढी मुल्यमा साइकल खरिद गरेको थियो । साइकल खरिदमा अनियमितता भएको आशंकामा अख्तियारले छापा मारेको हो ।





