Logo
२३ श्रावण २०८३, शनिबार
|  Sat Aug 8 2026

युई राजदूत डिप्रेजले भेट गरिन् ऊर्जामन्त्री लिङ्देनसँग


नेपाल लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेजले उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनसँग भेटवार्ता गरेकी छन् ।

बिहीबार सिंहदरवारस्थित ऊर्जा मन्त्रालय पुगेर उनले मन्त्री लिङ्देनसँग भेटवार्ता गरेकी हुन् । भेटका क्रममा नेपालको ऊर्जा विकाससहित आगामी दिनमा गर्नुपर्ने कार्यका विषयमा छलफल भएको छ । नेपालको ऊर्जासहितको विकासमा युरोपियन युनियनले सहयोग गर्ने राजदूत डिप्रेजले बताएकी छन् ।

मन्त्री लिङ्देनले बंगलादेशसँग विद्युत् निर्यात गर्ने गरी व्यापार सम्झौता हुने जानकारी दिँदै आफूले विद्युत् उत्पादन, प्रसारण र बजारीकरणलाई प्राथमिकतामा राखेको बताए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार