Logo
२४ श्रावण २०८३, आईतवार
|  Sun Aug 9 2026

अनेरास्ववियुको महाधिवेशनकाे तयारी पूरा, सहमति नभए विद्युतीय मेसिनबाट मतदान हुने


 एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को आउँदो मंगलबारबाट सुरु हुने २३औँ महाधिवेशनको तयारी पूरा भएको  छ ।

काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गरेर अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले आगामी फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनको तयारी पूरा भएको जानकारी दिएकी हुन् ।  नेतृत्व चयनका लागि सहमतिको प्रयास गरिने बताएकी उनले यदी सहमति नजुटेमा भने मतदानबाट नेतृत्व छान्ने जानकारी दिएकी हुन् । मतदान प्रक्रियामा जाँखा विद्युतीय मेसिन प्रयोग गरिने उनले बताइन् ।

आगामी दुई वर्षका लागि १९९ सदस्यीय केन्द्रीय कमिटी, १७ पदाधिकारी, तीन आयोग निर्वाचित गरिने जानकारी दिएकी अध्यक्ष बरालले महाधिवेशनमा करिब एक हजार ५७३ प्रतिनिधि सहभागी हुने बताइन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार