Logo
२ श्रावण २०८३, शनिबार
|  Sun Jul 19 2026

सकियो सर्वदलीय बैठक, के भयो सहमति ?


प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा डाकिएको सर्वदलीय बैठक सकिएको छ। बालुवाटारमा बिहान १० बजेदेखि बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी भएन।

बैठकपछि बाहिरिँदै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहदुर कार्कीले हाल संसदमा देखिएको गतिरोध अन्त्य जरुरी रहेको निष्कर्ष बैठकले निकालेको बताए। कार्कीले यसअघि सभामुख अग्निप्रसाद सापकोटाले डाकेको बैठक पनि एमालेले बहिष्कार गरेको स्मरण गराए। उनले सर्वदलीय बैठकमा बोलाउँदा बोलाउँदै पनि एमालेले सहभागी नजएर वार्ता र संवादबाट भाग्न खोजेको बताए।

‘बैठकमा बोलाउँदा बोलाउँदै पनि एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी हुनु भएन। एमालेको अनुपस्थितिले उहाँहरु संवाद र पर भाग्न खोजेको देखिन्छ। जुन कुरा अहिलेको आवश्यकता भन्दा भन्दा भिन्न छ।’ यो बैठकमा अनुपस्थित भए पनि आगामी बैठकमा एमाले सहभागी हुने विश्वास कार्कीले व्यक्त गरे। कार्कीले भने, ‘यो बैठकमा संघीय संसदलाई निर्वाध रुपमा अघि बढाउनेबारे छलफल भएको छ।’


प्रतिक्रिया दिनुहोस !
विचार