Logo
२ भाद्र २०८३, मंगलवार
|  Tue Aug 18 2026

गगन थापालाई ओलीको जवाफः प्रतिपक्षि अहिले भेट्नुभएको छैन ?


नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई लक्षित गर्दै अहिलेको सत्ता गठबन्धनभित्र ठूलो गडबढी रहेको र प्रतिपक्षलाई अहिले भेट्नुभएको छैन भन्दै प्रश्न गरेका छन्।

महामन्त्री थापाले गत फागुन २५ गते राष्ट्रपति निर्वाचनमा मतदान गरीसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै २०८४ को चुनावपछि एमाले प्रतिपक्षमा बस्ने र त्यसबेला आफूहरूले सत्तापक्षका रूपमा एमालेसँग सहकार्यका लागि भेट्ने बताएका थिए।

महामन्त्री थापाको सोही भनाईप्रति जवाफदिँदै अध्यक्ष ओलीले प्रतिपक्षलाई अहिले भेट्नुभएको छैन भन्दै प्रश्न गरेका हुन्।

उनले भने, ‘एकजना अलिक चर्का कांग्रेसले कति सालपछि भेट हुन्छ भन्नुभएछ। प्रतिपक्षमा भेट्न ०८४ साल पर्खिनुपर्छ ? अहिले भेट्नुभएको छैन? उहाँहरूको यो कुराले उहाँहरूभित्र निकै ठूलो गडबडी देखिन्छ। नत्र किन त्यस्तो बोल्नुपर्‍यो? त्यहाँभित्र गडबडी होलान्। त्यसैकारण बोल्नुभएको हो कि?’


प्रतिक्रिया दिनुहोस !
विचार