Logo
२५ श्रावण २०८३, सोमबार
|  Mon Aug 10 2026

प्रचण्डलाई एमालेको प्रश्नः के कारणले सहयात्रा टुंग्याउनुभयो ?


नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफूसँग के कारणले सहयात्रा टुंग्याएको भनेर प्रश्न गरेका छन् ।

सोमबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेपछि संसदमा बोल्दै एमाले उपाध्यक्ष विष्णु पौडेलले सोधे, ‘तपाईलाई के कारण पर्‍यो त्यो सहयात्राबाट यो सहयात्रामा फर्किनुभयो ?’

उनले यदि कांग्रेससहितको दलसँगको सहयात्रामा फर्किनु थियो भने १० पुसमा एमालेसँग किन सहयात्रा गरेको भनेर प्रश्न गरे । ‘हिजो प्रधानमन्त्री बन्न एमाले लगायत राजनीतिक दल चाहिने तर २ महिना पनि नपुग्दै, प्रधानमन्त्री पाउनेवित्तिकै दूरीको सम्बन्ध कायम गर्दै पुरानै गठबन्धनतिर फर्किन खोज्नुभयो । अब एक महिना बित्दानबित्दै फेरि प्रधानमन्त्रीज्यूले विश्वासको मत माग्नुहुन्छ ।’

उपाध्यक्ष पौडेलले प्रधानमन्त्री प्रचण्डलाई एमालेले विश्वासको मत नदिने र संसदका कसैले पनि दिन नहुने बताए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार