नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले कतिपय माननीयले संसद विघटनलाई बहादुरी गरेजस्तै गरेर प्रस्तुत गरेको बताएका छन् ।
सोमबार संसद बैठकलाई सम्बोधन गर्दै पौडेलले विगतका गल्तीबाट सिक्नुपर्नेमा उल्टै प्रशंसा गर्नु गलत भएको बताए ।
यसअघि संसदमा केपी शर्मा ओलीले संसद विघटन गर्नु ठिक थियो भन्दै भाषण गरेपछि पौडेलले त्यसको खण्डन गरेका हुन् । ‘कांग्रेस पहिलो पार्टी हो भन्ने धरहराबाट हेर्नुपर्छ कि सगरमाथाबाट हेर्नुपर्छ । दोस्रो दलले पहिलो दललाई समेत सहमतिमा लिएर अघि बढौं भन्दा प्रधानमन्त्रीज्यूले राखेको कुरा कहाँ गलत गलत थियो रु’ पौडेलले भने, ‘हामी इतिहासको कठघरा जवाफ दिन तयार छौं । भविष्यका चुनौतीलाई पार लगाउन सहमति खोजिन्छ । सहमतिमा विगतका गल्तीको पुनरावृत्ति गरेर हुँदैन । इतिहासको सम्मान गर्ने हो । गल्ती भएका कुरालाई सच्याएर अघि बढ्ने हो ।’





