Logo
२ श्रावण २०८३, शनिबार
|  Sun Jul 19 2026

मलाई किताब लेखेर बस्न मन छ : प्रचण्ड


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई अघि बढाउँन सक्ने कोही भए आफू किताब लेखेर बस्ने बताएका छन् ।
अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले माओवादी पार्टी हाँक्न सक्ने कोही भए आफू आनन्दले किताब लेखेर बस्ने बताएका हुन् । आफूलाई पार्टी नेतृत्वको रहर नभएपनि बाध्यता भएको उनको भनाइ थियो ।
आफूले धेरैपटक मन्त्री बनाएका मान्छेहरु पलायन भएको बताउँदै उनले दलाल र पूँजीवादीको संगतमा परेर केही नेताहरु सकिएको बताए । माओवादी त्यागेर एमाले प्रवेश गरेका रामबहादुर थापा, टोपबहादुर रायमाझी लगायतका नेताप्रति इंगित गर्दै प्रचण्डले अवसरवादीहरुको हिसाबकिताब जनताले गरिरहेको दाबी गरे ।


प्रतिक्रिया दिनुहोस !
विचार