Logo
२३ श्रावण २०८३, शनिबार
|  Sun Aug 9 2026

चितवनमा रोकिएको मतदान पुन: सुरू, आचारसंहिता मिचेकोमा रास्वपाले माफी माग्ने सहमति


चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ११ को नयाँ किरण माविमा मतदान पुन: सुरू भएको छ।

सर्वदलीय बैठकपछि मतदान सुरू गर्ने निर्णय भएको हो। यहाँ साढे ३ घन्टा मतदान रोकिएको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका उम्मेदवार रवि लामिछाने नयाँ किरण मावि पुग्दा समर्थकहरूले हुटिङ गरेका थिए।

मतदान केन्द्रमा हुटिङ गर्न नपाउने भन्दै एमाले, कांग्रेस, माओवादी लगायत दलका नेताहरुले विरोध गरेका थिए।

नेपाली सेनासहित प्रहरीले मतदान केन्द्रमा कडा सुरक्षा व्यवस्था मिलाएको छ। मतदान केन्द्रको ३ सय मिटर वरपर क्षेत्रमा कडा सुरक्षा व्यवस्था मिलाउने पनि सहमति भएको छ।

साथै आचारसंहिता मिचेकोमा माफी माग्ने निर्णयसमेत भएको छ। लामिछाने समर्थकले मतदान केन्द्रमा घन्टी बजाउँदै हिँडेको आरोप पनि छ।

मतदान अधिकृत कमला न्यौपानेसहित सर्वदलीय बैठकमा उम्मेदवार लामिछानेले आचारसंहिता उल्लङ्घन गरेको ठहरसमेत भएको छ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार