Logo
२ श्रावण २०८३, शनिबार
|  Sun Jul 19 2026

चार जना पूर्वप्रधानन्यायाधीशलाई सर्वोच्चले दियो सफाई


सर्वोच्च अदालतले अपहेलना मुद्दा खेपेका चार जना पूर्वप्रधानन्यायाधीशहरुलाई सफाई दिएको छ । मागदाबी नपुग्ने भन्दै उनीहरुलाई सफाइको फैसला सुनाएको हो ।

शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबरा र न्यायाधीश सपना प्रधान मल्लको इजलासले पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई अवहेलना मुद्दामा सफाई दिने फैसला गरेको हो ।

पहिलो प्रतिनिधिसभा विघटन गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय असंवैधानिक भएको दाबी गर्दै विज्ञप्ति जारी गरेका आधारमा उनीहरुविरुद्ध अवहेलना मुद्दा दायर भएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार