Logo
२ श्रावण २०८३, शनिबार
|  Sun Jul 19 2026

एमाले विधान महाधिवेशनः ओलीको नेतृत्वमा अध्यक्षमण्डल गठन, भीम रावल अटाएनन्


नेकपा एमालेको जारी विधान महाधिवेशनमा अध्यक्षमण्डल गठन भएको छ । केपी ओलीको नेतृत्वमा गठन गरिएको अध्यक्ष मण्डलमा उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, स्थायी कमिटी सदस्यहरू रामबहादुर थापा बादल, सुवास नेम्वाङ, सत्यनारायण मण्डल, छविलाल विश्वकर्मालाई समावेश गरिएको छ।

अर्का एमाले उपाध्यक्ष भीम रावल भने अध्यक्ष मण्डलमा परेका छैनन्। पछिल्लो समय १० बुँदे सहमतिको कार्यन्वयनका सवालमा ओलीसँग रुष्ट बनेका राव अध्यषमण्डलमा नअट्नुलाई अर्थपूर्ण मानिएको छ ।

तीन दिनसम्म चल्ने महाधिवेशनमा देशभरबाट करिब ६ हजार प्रतिनिधि सहभागी छन्। बन्द सत्रमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलले विधान प्रतिवेदन पेश गर्नेछन्।


प्रतिक्रिया दिनुहोस !
विचार