Logo
२१ श्रावण २०८३, बिहीबार
|  Thu Aug 6 2026

एमाले सरकारबाट हटेपछि कसैले पनि समृद्ध नेपाल र सुखी नेपाली भन्ने आँट गर्न सकेनः ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकारबाट हटेपछि कसैले पनि समृद्ध नेपाल र सुखी नेपाली भन्ने आँट गर्न नसकेको बताएका छन् ।

एमाले विज्ञान तथा प्रविधि विभागले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा ओलीले एमाले अघि सारेको समृद्ध नेपाल र सुखी नेपालीलाई एमालेपछिको कुनै सरकार र एमाले विरोधीले अंगिकार गर्न नसकेको बताएका हुन् ।

उनले केहि मान्छे धेरै धनी हुने र केहि मान्छे गरिवको गरिव रहने अवस्थालाई समृद्ध नेपाल भन्न नसकिने बताए । ओलीले समान रुपमा जनताहरुको आयस्तर बढेपछि मात्रै समृद्ध नेपाल हुन सक्ने जिकिर गरे । मावनविकास र समाज विकासलाई प्राथमिकतामा राखेर देशको छिटो जिम्मेवार बिकास हुनुपर्ने उनको भनाइ छ ।

उहाले कृषिलाई प्रविधियुक्त बिकास गर्नुपर्ने भएपनि यसले मानवजिवनमा पार्ने असरलाई ध्यान दिनुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार