आजको प्रेस डटकमको फेसबुक पेज हयाक भएको छ । अपुर्व मिडिया प्रा.लि.द्धारा सञ्चालित आजको प्रेस डटकमको फेसबुक पेज हयाक भएको हो । आजको प्रेस डटकममा लिंक गरिएको फेसबुक पेजमा अहिले हयाकरले अश्लील सामग्रीहरु पोष्ट गरिरहेको छ ।
अश्लील सामग्री पोष्ट भएको जानकारी पाउँनासाथ अपुर्व मिडिया प्रा.लि.का तर्फबाट आजको प्रेस डटकमका सम्पादक रोहितनाथ भण्डारीले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् । पेज हयाक गरी अश्लील सामग्री राख्नेलाई प्रचलित कानुन अनुसार कारबाही गर्न माग गर्दै उनले नेपाल प्रहरीको साइबर ब्युरो भोटाहिटीमा उजुरी दिएका हुन् ।
यसैबीच अपुर्व मिडिया प्रा.लि.ले आजको प्रेस डटकममा लिंक गरिएको फेसबुक पेज र आजको प्रेसको अर्को एउटा फेसबुक पेज समेत कोही कसैले आफ्नो नियन्त्रणमा लिएर अश्लील सामग्री पोष्ट गरिरहेको जनाउँदै आफ्ना दर्शक र पाठकलाई भ्रममा नपर्न आग्रह गरेको छ ।
यता नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा डिजिटल मिडिया विभागका प्रमुख रमेश खतिवडाले अनलाईन मिडियाहरु बारम्बार साइबर हयाकरहरुका कारण पीडित बन्न परेको बताउँदै दोषीलाई कारबाही गर्न माग गरेका छन् । हयाकरलाई कारबाही गरी फेसबुक पेज फिर्ता गराउँन नेपाल प्रहरीको साइबर ब्युरो सफल हुने उनको विश्वास छ ।





