राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टहरुलाई छानीछानी जेल कोच्ने रहर भएको बताएका छन् ।
शनिबार राजधानीमा आयोजित पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले संसारकै धनी देश हुन सक्ने सम्भावना बोकेको नेपाललाई गरिब देश बनाउँनेहरुलाई छानीछानी जेल कोच्ने रहर भएको बताएका हुन् ।
आफ्नो पार्टीको कुनै विचार छैन भन्नेहरुलाई जवाफ दिँदै उनले विचारका विषयमा पछि कुरा गर्ने बताए । आफूहरु नयाँ पार्टी भएको भन्दै उनले सिक्दै अघि बढ्ने तर, भ्रष्टहरुका सम्बन्धमा निर्मम हुने जिकिर गरे । अब आफू झिनामसिना कुरामा नबोल्ने भन्दै उनले विशेष कुरामा आफ्नो ध्यान गएको बताए ।








