साहस उर्जा लिमिटेडको आईपीओ एक कार्यक्रमकाबीच बाँडफाँड भएको छ। सेयर विक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले केन्द्रीय कार्यालयमा एक कायैक्रम गरी सेयर बाँडफाँट गरेको हो।
मागभन्दा पाँच गुणा बढी आवेदन परेको कम्पनीको सेयर गोलाप्रथाबाट गरिएको छ। कुल आवेदक २३ लाख ८३ हजार ४ सय ६० जनामध्ये ६ लाख ४४ हजार जनाले मात्र १० कित्ताका दरले सेयर पाएका छन्। आवेदन दिनेमध्ये १७ लाख ३९ हजार ४ सय ६० जनाको हात खाली हुने भएको छ।
कम्पनीको आईपीओमा ३ करोड १५ लाख ४१ हजार कित्ताका लागि आवेदन परेको थियो। कम्पनीले सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका र थुलुङदुधकोशी गाउँपालिकामा ८६ मेगावाट क्षमताको सोलु खोला दुधकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ।





