आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा सुन तोलामा दुई सय रुपैयाँले बढेको छ ।
यससँगै सुनको मूल्य तोलाको ८९ हजार ८०० रुपैयाँमा कारोबार भैरहेको छ । गत शुक्रबार बजारमा सुन प्रतितोला ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यता तेजाबी सुनको मूल्य गत शुक्रबारको तुलनामा दुई सय रुपैयाँले बढेर आज ८९ हजार ३५० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
आज चाँदी मूल्य २० रुपैयाँले बढेर एक हजार १६० रुपैयाँ पुगेको छ । शुक्रबार चाँदी एक हजार १४० रुपैयाँमा कारोबार भएको थियो ।





