Logo
३ श्रावण २०८३, आईतवार
|  Sun Jul 19 2026

सरकारी कम्पनीले ल्याएका खसीबोकाको बिक्री सुरु, कति पर्छ किलोको ?


खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैँका लागि आजदेखि खसीबोका बिक्री सुरु गरेको छ। खाद्यको थापाथलीमा रहेको प्रधान कार्यालयबाट खसीबोका बिक्री सुरु गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिए ।

उनका अनुसार अहिले बिहानसम्म मकवानपुर र दाङबाट गरी ५ सय ३० खसीबोका ल्याइएको छ । जसमध्ये २ सय १ मकवानपुरबाट र बाँकी दाङबाट ल्याइएको हो । अरु खसीबोका पनि बिस्तारै ल्याउने उनले बताए । यो वर्षको दशैँमा खाद्यले दाङबाट ८ सय र मकवानपुरबाट एक हजार दुई सय खसीबोका ल्याउने खनालले बताए । खाद्यले प्रतिकिलो ५ सय ४५ देखि पाँच सय ६५ रुपैयाँमा खसीबोका खरिद गरेको छ ।

खाद्यले बेच्ने मूल्य भने प्रतिकिलो ६ सय ४० रुपैयाँ तोकेको छ । गएको वर्ष खाद्यले ५ सय ५० रुपैयाँमा बिक्री गरेको थियो । पोहोरको तुलनामा यसपालि उपभोक्तालाई ९० रुपैयाँ महँगो पर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार