Logo
१९ श्रावण २०८३, मंगलवार
|  Tue Aug 4 2026

बसेकै कुर्सीमा एक कर्मचारी मृत फेला


 बाजुराको बुढीनन्दा नगरपालिकाका कृषि शाखा प्रमुख मृत अवस्थामा फेला परेका छन्।

४८ वर्षीय जयलाल दानी आफ्नै क्वाटर अगाडी कुर्चीमा बसेको अवस्थामा मृत फेला परेको नगरपालिकाले जनाएको छ। उनी क्वाटर अगाडी कुर्सीमा बसी रहेको अवस्थामा मृत भेटिएको इलाका प्रहरी चौकी कोल्टिले जनाएको छ।

बुढीनन्दा नगरपालिका–७ पाण्डुसैन घर भएका दानी कृषि प्राविधिक तर्फका स्थायी कर्मचारी हुन्। लामो समयदेखि रक्तचापको समस्याबाट पीडित दानी समय–समयमा अस्वस्थ भइराख्ने गरेको आफन्तले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार